लागूऔषधसहित ३ जना पक्राउ

२०८३ जेष्ठ ११, सोमबार

काठमाडौँ : विभिन्न जिल्लामा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । कास्की र सुनसरीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका हुन् । कास्कीको पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, नगद २ लाख ९३ हजार ९ सय ४० रूपैयाँ र मोबाइल ३ थान सहित सोही ठाउँ डेरा गरी बस्ने ललितपुर घर भएका ४० वर्षीय सुनिल तुलाधारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । त्यस्तै,सुनसरीको धरान उपमहानगरपालिका–२ भानु चोकबाट लागूऔषध ट्रामाडोल १ सय २८ ट्याब्लेट र स्पास्मो १ सय २८ ट्याब्लेट सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय निश्चल लिम्बु र सोही उपमहानगरपालिका–८ बस्ने ३५ वर्षीय शुक्रराज तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले को–३६ प ६४७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार