बालेन र ओलीबीच तुलना हुनै सक्दैन : महेश बस्नेत

२०८३ जेष्ठ २१, बिहीबार

काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच कुनै पनि अर्थमा तुलना हुन नसक्ने दाबी गरेका छन्।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले प्रधानमन्त्री बालेनको कार्यशैली अधिनायकवादी र निरंकुश भएको बताए। बस्नेतले अध्यक्ष ओलीलाई एक अनुभवी राष्ट्रवादी र लोकतन्त्रवादी नेताका रूपमा चित्रण गर्दै प्रधानमन्त्री बालेनले मुलुकमा महँगी र आतंक मात्र सिर्जना गरेको आरोप लगाए।

‘केपी ओली राष्ट्रवादी र लोकतन्त्रवादी नेता हुनुहुन्छ, जसले लोकतन्त्रका लागि १४ वर्ष जेल जीवन बिताउनुभयो,’ बस्नेतले सुनाए, ‘तर प्रधानमन्त्री बालेन शाह लोकतन्त्रविरोधी र निरंकुश शासक हुन्। यी दुईबीच कुनै तुलना हुनै सक्दैन।’ सचिव बस्नेतले प्रधानमन्त्री बालेनको नेतृत्वमा मुलुकमा महँगी अत्यधिक बढेको र दैनिक उपभोग्य वस्तुदेखि हवाई यातायातसम्मको मूल्य आकाशिएको दाबी गरे।

बालेनले गरिब जनताको पक्षमा काम गर्नुको साटो दलाल नोकरशाही र पुँजीपति वर्गलाई मात्र प्रश्रय दिएको उनको जिकिर थियो। उनले थपे, ‘बालेनले अहिले विकास कहाँ पुर्‍याए ? महँगी कहाँ पुग्यो ? ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट लगाउने बजेट ल्याएर उनले गरिबमारा नीतिको पक्षपोषण गरेका छन्।’

गृह प्रशासनको आलोचना गर्दै बस्नेतले अहिलेको प्रहरी प्रशासन प्रधानमन्त्री बालेनको ओकालत गर्ने संयन्त्रमा परिणत भएको आरोप समेत लगाए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार