काठमाडौं : प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीनजनालाई पक्राउ गरेको छ ।
तारकेश्वर नगरपालिका–६, पैँयुटारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए । प्रहरीले तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय विक्रम थापामगर, काठमाडौं महानगरपालिका–१६, बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ की २५ वर्षीया प्रतीक्षा आचार्यलाई पक्राउ गरेको हो ।
उक्त घटनामा संलग्न रहेको भन्ने किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । हत्या आरोपमा ईश्वरीका श्रीमानलाई प्रहरीले शुक्रबार राति नै पक्राउ गरिसकेको छ । प्रहरीले उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
घरायसी विवादमा श्रीमानको आक्रमणबाट घाइते भएकी ईश्वरीको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको थियो ।





