टोखास्थित गार्मेन्टमा आगलागी, ८ करोडको क्षति

२०८३ जेष्ठ २७, बुधबार

काठमाडौँ : काठमाडौंको टोखा नगरपालिका ५ बसुन्धारामा हरेको सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा आगलागी हुँदा ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार विद्युत सर्ट भएर आज विहान २ बजे ५२ मिनेटमा आगो लागेको हो ।

आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयवासी तथा अन्य निकायको सहयोगमा करिब पौने ६ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ भने अन्नपूर्ण किराना स्टोर र प्रतीक्षा इलेक्ट्रोनिक्समा समेत क्षति पुगेको छ । साथै लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति भएको छ ।

घटनामा कुनै मानवीय क्षति भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार