छिटोभन्दा छिटो वामपन्थी एक हुनुपर्छ : प्रचण्ड

२०८३ असार १५, सोमबार

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटोभन्दा छिटो वामपन्थी एक हुनुपर्ने बताएका छन् ।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ढिला गर्नु गल्ती हुने बताए ।

“हामी ढिलो नगरीकन भन्न चाहन्छु– राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तिहरू एक हुनुपर्छ । ढिला गर्नु गल्ती हुन्छ,” उनले भने ।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले एउटै क्रममा बस्ने नेता कहिँ पनि नपुग्ने जिकिर गरे । आफू एकताका लागि नहतारिएको पनि उनको भनाइ थियो ।

‘म विल्कुल हतारिएको छैन । हुन त मलाई मानिसहरूले विभिन्न कोणबाट हेर्दै विभिन्न चित्र बन्ने गरेको छ । मैले क्रमभंग भन्यो भने के उत्पात गर्न थाल्यो भन्छन् । यो त प्रकृति, समाज र मानव समाजको नियम हो, निरन्तरतामा क्रमभंग । मैले त्यही भन्ने गर्छु । गरिराख्नुपर्ने हुन्छ, क्रमभंग,’ प्रचण्डले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार