रौतहटको नहरमा महिलाको शव फेला

२०८३ असार २५, बिहीबार

, रौतहट : रौतहटको राजपुर नगरपालिकामा रहेको नहरमा एक महिलको शव फेला परेको छ ।
राजपुर नगरपालिका-३ स्थित डमारबाट फुतवा जाने बाटो छेउमा रहेको नहरको पानीमा महिलाको शव फेला परेको हो ।
मृतक परोहा नगरपालिका ५ की २४ वर्षिया मुस्कान खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक बसन्त गौतमले बताए ।

आज बिहान स्थानियले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोष्टमार्टमका लागी प्रादेशि अस्पताल गौरमा पठाएको प्रहरी नायब उपरिक्षक गौतमले बताए ।
घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार