बाथरुममा लडेका देउवाको दायाँ हात भाँचियो

२०८३ श्रावण १, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाथरुममा लडेका छन् । हङकङमा रहेका देउवा केही दिनअघि बाथरुममा लड्दा दायाँ हात भाँच्चिएको देउवानिकट स्रोतले बतायो ।

स्रोतका अनुसार हाल देउवाको अवस्था सामान्य रहेको छ । उनी उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि पत्नी डा. आरजु राणा देउवासहित हङकङ गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार