हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको मृत्यु

२०८३ श्रावण ७, बिहीबार

गण्डकी : बागलुङको निसीखोला गाउँपालिका–३ का ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेको जनाइएको छ । गम्भीर अवस्थामा बुर्तिबाङ अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि पोखरा पठाइएको उक्त अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अविनाश पोखरेलले बताए ।

मङ्गलबार बोहरागाउँ स्वास्थ्यचौकीमा सुत्केरी भएकी उनलाई राति अत्यधिक रक्तस्राव हुने, पेट दुख्ने समस्या भएपछि बुर्तिबाङ अस्पतालमा ल्याइएको थियो । बुर्तिबाङ अस्पतालमा प्रारम्भिक प्ररीक्षण गर्दा सुनारको पेटमा रगत जमेको पाइएको थियो । उनी प्राकृतिक रुपमा सुत्केरी भएको र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

सुरुमा काठमाडौँ लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मणिपाल अस्पतालमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार