काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ।
रिमाललाई बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरिएको सीआईबी प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए। एसएसपी जबराका अनुसार उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।
नेपाल सरकारले जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायरपछि रिमाल फरार रहँदै आएका थिए।





