सुर्खेत : नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता मंगलबहादुर शाहीले मंगलबार कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गरे पनि नियुक्ति र शपथ भने बुधबार हुने भएकाे छ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार भोलि शपथ अगाडि नै नियुक्त गर्ने सल्लाह भएको छ । शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।
उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ ।





