कोशीमा राप्रपाले गर्‍यो मुख्यमन्त्रीमा दाबी

२०८० जेष्ठ २२, सोमबार

कोशी : कोशी प्रदेशमा आफ्नो सहभागिताबिना नयाँ सरकार नबन्ने देखिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्यमन्त्री पदमा दाबी गरेको छ।

प्रदेशसभामा ६ सिट रहेको राप्रपा सामेल भए मात्र कांग्रेस–माओवादी–समाजवादी र जनता समाजवादीसहितको नयाँ गठबन्धनले सरकार बनाउनसक्छ। यसरी बन्ने गठबन्धनका पक्षमा प्रदेशसभामा ५० सिट पुग्छ। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद् मात्र चाहिन्छ।

राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कांग्रेस र माओवादी केन्द्रले ४ वर्षका लागि मुख्यमन्त्री पद दिने लिखित प्रतिबद्धता जनाए मात्र आफू तयार हुने बताए। अन्यथा मन्त्री पद मात्रका लागि आफ्नो दल गठबन्धन हेरफेर गर्ने पक्षमा नरहेको उनले बताए। सिटौला हाल प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता छन्। 

‘हामीलाई बाँकी ४ वर्षका लागि लिखित रुपमा मुख्यमन्त्रीमा समर्थन गर्ने हो भने नयाँ सरकार बन्ने अवस्था आउँछ’, सिटौलाले भने, ‘मन्त्री मात्रका लागि नयाँ गठबन्धनमा सामेल हुने कुरा आउँदैन, मन्त्री त म अहिले पनि छँदै छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार