महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रधान कार्यालय तानिए एसएसपी पाल

२०८० जेष्ठ २२, सोमबार

काठमाडौँ : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालमाथि आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

कञ्चपुरकाे महेन्द्रनगरस्थित नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालमाथि आफ्नै कार्यालयकी महिला सहायक हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको हो ।

महिलाको उजुरीपछि उनलाई प्रहरी प्रधान कार्यालयले नक्साल तानेको छ । पीडित महिला प्रहरीको उजुरीपछि प्रदेश प्रहरी कार्यालय धनगढीले छानबिन थालेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार