राजनीतिमा आएर जुका जस्तो टाँसिने प्रवृत्तिमा परिवर्तन आउनुपर्छ : पूर्व प्रधानन्यायाधीश कार्की

२०८० असार ३, आईतवार

काठमाडौं : पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले कमाएर खानुपर्छ भन्ने भावना राजनीतिज्ञमा हुनुपर्ने बताएकी छन् ।

शनिवार काठमाडौंमा दीपेश घिमिरेद्वारा लिखित पुस्तक शासन र शासक, नेपाली दुखका विविध आयाम पुस्तक लोकार्पण गर्दै कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरी कमाएर बस्ने प्रवृत्ति भन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएका हुन् ।

राजनीतिमा गएर जुका जस्तो टाँसिएर तीन पुस्ता, चार पुस्तालाई पुग्ने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने उनको भनाइ छ । उनले गरिब जनताले सिटामोल समेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौँ दिइरहनुपर्ने प्रवृत्ति पनि समाप्त हुनुपर्ने जिकिर गरे । उनले भ्रष्टाचारमा लिप्त भएकाहरूलाई पाखा लगाएर युवाहरूलाई हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिए ।

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको धारणा राखे । उनले भ्रष्टाचार विरुद्ध सरकारको अभियान सकारात्मक रहेको भन्दै यसलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताए ।

उनले संघीयता सँगै भ्रष्टाचार विकेन्द्रीकरण हुने सम्भावनामा सजक रहनुपर्ने उल्लेख गरे । सदनमा भ्रष्टाचार र अनियमिताका बारेमा आवाज उठाउँदा डराउनुपर्ने अवस्था आएको उनको भनाइ छ । उनले भ्रष्टाचारका विषयमा सांसदले संसदमा आफ्नो पार्टी भन्दा पनि माथि उठेर बोल्न पाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार