बझाङ : सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटनामा परेको छ । गाडी दुर्घटना हुँदा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन् ।
सुपप्र ०१००१ झ ४८० नम्बरको मन्त्री सिंह चढेको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो । गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।
मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको अवस्थामा केदारस्युँ–१ देउरामा रहेको ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ । अन्य ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।





