मानेको दुई गोलमा ब्राजिल पराजित

२०८० असार ६, बुधबार

लिसबन : साडियो मानेले दुई गोल गर्दा ब्राजिल सेनेगलसँग मैत्रिपूर्ण खेलमा पराजित भएको छ । मंगलबार राति पोर्चुगलको लिसबनमा भएको खेलमा ब्राजिल २–४ गोलले पराजित बन्यो ।

खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । लुकास पाकेटाले खेलको ११ औँ मिनेटमा नै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, हबिब डिआलोले खेल बराबरी गरे ।

दोस्रो हाफको सुरुवातमा मार्किन्होसले आत्मघाती गोल गरेपछि सेनेगलले अग्रता लियो । लगत्तै मानेले सेनेगललाई दुई गोलको अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै मार्किन्होसले एक गोल फर्काए पनि इन्जुरी समयमा मानेले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार