काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुर्रा जातको राँगो ल्याउन प्राविधिक टोलीको नाम भारत पठाएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेको नेतृत्वमा चार सदस्यीय टोलीको नाम भारत पठाइएको स्रोतले जनाएको छ । नाम पठाएको एक साता भइसक्दा पनि भारतले जवाफ भने पठाइसकेको छैन । विभागको एक पदाधिकारीका अनुसार भारत नाम पठाएको एक साताभन्दा बढी भइसकेको छ । तर हालसम्म जवाफ नआएको हो । जवाफ आएपछि टोली भारत जानेछ ।
भारतले १५ वटा राँगा दिने सहमति गरेको छ । त्यही राँगाको प्राविधिक जाँचका लागि जान टोलीको नाम पठाइएको हो ।





