भारतसंगको खेलमा नेपालले लगातार खायो दुई गोल

२०८० असार ९, शनिबार

काठमाडौं : बेंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा भारतले नेपालविरुद्ध २ गोल गरेको छ ।

पहिलो हाफ गोलसहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा गोल खाएको हो । भारतका लागि सुनिल क्षेत्रीले गोल गरे ।

त्यस्तै ७० औं मिनेटमा पनि भारतले गोल गरेको छ । सनिल क्षेत्रीको प्रहार गोलकिपर किरण चेम्जोङले रोकेका थिए । तर पोस्टको बारमा लागेर बाउन्स भएको बलमा नओरिम महेश सिंहले गोल गरे ।

यो खेलमा पराजित भए नेपाल साफ च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार