बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका ३ जना छुटे

२०८० असार १२, मंगलवार

काठमाडौँ : बालुवाटारस्थित सरकारी निवासको जग्गा प्रकरणमा पक्राउ परेका ३ जना छुटेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेका मध्ये तीन जनाले अदालतबाट पक्राउ नगर्न भनि आदेश लिइसकेको पाइएपछि छाडिएको हो।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान खपाली र भूपेन्द्रमणि केसीले अदालतबाट आदेश लिइसकेको प्रमाण पेश गरेका छन्। अदालतले उनीहरुको पक्षमा पहिल्यै पक्राउ नगर्नु नगराउनु भनी आदेश जारी गरिसकेको खुलेको छ।

यो आदेशसँगै अब प्रहरीले उनीहरुलाई यो मुद्दामा थुनामा राख्न मिल्दैन। सीआईबीले थुना बाहिरै राखेर अनुसन्धान गर्नुपर्नेछ।उनीहरुले गत साउन १९ गते नै पक्राउ नगर्न र थुना बाहिर रहेरै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित अदालतमा निवेदन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
1
+1
1
+1
1
+1
1
+1
0

ताजा समाचार