निजी विद्यालयका शिक्षकलाई सरकारीसरह तलब दिन बालेनको निर्देशन

२०८० असार १४, बिहीबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन् ।  

निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा नदिएको गुनासो आएको भन्दै मेयर बालेनले सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता उपलब्ध गराउन निर्देशन दिएका हुन् ।  

मेयर बालेनले सरकारी विद्यालयको तलब स्केलसमेत सार्वजनिक गरेका छन् । उनले सरकारी विद्यालयको तलब स्केलसरह सुविधा प्राप्त नभएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई आग्रहसमेत गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
4
+1
3
+1
0

ताजा समाचार