नक्कली शरणार्थी तथा ललिता निवास प्रकरणविरुद्ध अनुसन्धान नरोकिने: प्रचण्ड

२०८० असार १६, शनिबार

गण्डकी : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरण, ललिता निवास काण्डलगायत भ्रष्टाचारविरुद्धका अनुसन्धान नरोकिने बरु थप तीव्रताका साथ अघि बढ्ने बताएका छन्।

शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको अभियानमा सरकार दृढ रहेको बताएका हुन्। ‘भ्रष्टाचार देशको विकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ’, उनले भने, ‘थप तीव्रताका साथ अघि बढ्छ।’

प्रहरीले आफ्ना तर्फबाट अनुसन्धान गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रहरीलाई सरकारले आवश्यक निर्देशन दिइरहेको बताए। ‘यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार