काठमाडौं : एन्जल्स हार्ट नेसनल एकेडेमी कक्षा ६ मा अध्यनरत रेगन घलेले १५ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा दोस्रो डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

घलेले ११ वर्षको उमेरमा अन्तर्राष्ट्रिय स्तरको खेलमा स्वर्ण पदक जित्न सफल भएका हुन् । सानै उमेरमा बिदेशमा उपाधि जितेका घलेको खेल जिबन उज्ज्वल देखिन्छ। यो सबै नेपालीको लागि गौरबको कुरा हो । विद्यालयले एक बिज्ञप्ति निकाली घलेको उज्ज्वल भबिष्यको कामना सहित बधाई दिएको छ।






