५ सयका १६० थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ

२०८० असार १७, आईतवार

काठमाडौं : नक्कली नेपाली नोटको कारोबारी भएको आरोपमा ललितपुरबाट एकजना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट मकवानपुरको गढी नगरपालिका-१ का ४२ वर्षीय प्रशान्त भनिने पासाङ भोम्जनलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार भोम्जनको साथबाट ५ सय दरका एक सय ६० थान गरी ८० हजार नेपाली रुपैयाँ बरामद भएको छ। घटनाबारे आवश्यक अनुसन्धानका लागि भोम्जनलाई ललितपुर प्रहरी परिसर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार