एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने तयारी

२०८० असार १७, आईतवार

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको छ । प्राविधिक समस्या आएमा नतिजा यस साता प्रकाशित हुनेछैन । एसईई परिक्षा गत चैत १७ गतेदेखि चैत २९ गतेसम्म चलेको थियो ।

परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार