स्पाइसजेट विमानको टायर पड्कियो

२०८० असार २०, बुधबार

काठमाडौं : दुबईबाट कोचीका लागि उडेको स्पाइसजेटको विमान (एसजी–१७) को मंगलबार बिहान कोच्चिमा अवतरण गर्ने क्रममा टायर फुटेको छ । यो दुर्घटनामा कुनै यात्रुलाई चोट लागेको भने छैन । दुर्घटनापछिको अनुसन्धानमा २ नम्बरको टायर फुटेको खुलेको छ ।

स्पाइसजेटका प्रवक्ताले उडानको समयमा र पछि सबै प्रणाली प्यारामिटरहरू सामान्य रहेको बताए। अवतरण पनि राम्रो भयो। के कारणले टायर फुट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार