आरोहीको शव हिमालमै छाडेर आउन नपाइने

२०८० असार २५, सोमबार

काठमाडौं : हिमाल आरोहण गर्ने क्रममा बेपत्ता र मृत्यु भएका आरोहीको शव अब आरोहण कम्पनीले नै फिर्ता लिएर आउनुपर्ने भएको छ ।

नेपाल  पर्यटन  विभागले  हिमाल  आरोहणका  क्रममा मृत्यु भएका आरोहीको शव छोडेर आउने क्रम रोक्न आरोहणमा संलग्न कम्पनीले नै शव ल्याउनुपर्ने बाध्यकारी व्यवस्था लागु गरेको हो । 


पर्यटन  विभागका  आरोहण  शाखाका  निर्देशक  राकेश गुरुङले आरोहणका क्रममा मृत्यु भएका आरोहीलाई  बेपत्ता  भएको  भनी  छोडेर  आउने  प्रवृत्ति  बढेकाले अब शव छोडेर आउन नपाइने नियम लागु गरिएको बताए । -गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार