काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा समाजवादको यात्रा सुरू भइसकेको बताएका छन्। भ्रष्टाचार अन्त्यको सुरूआतसँगै समाजवादको यात्राको थालनी भएका मन्त्री किरातीले बताएका हुन्।
‘हामीले नेपाली समाजको प्राज्ञिक अध्ययन अनुसन्धान गर्नैपर्छ। नेपाली समाजलाई समाजवादमा पुर्याउने काम हामीले गर्नैपर्छ। यो हाम्रो महत्त्वपूर्ण कार्यभारजस्तो लाग्छ,’ उनले सोमबार आयोजित एक कार्यक्रममा भने, ‘मलाई लाग्छ, सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा सुरू भइ सकेको छ। आजको सापेक्षतामा भ्रष्टाचारविरूद्धको अभियानदेखि नै सुरू हुन्छ समाजवादको बाटोजस्तो मलाई लाग्छ।
उनले नेपाली समाज कस्तो हुने? नेपाली समाजवाद कस्तो हुने? नेपाली समाजवादको विशेषता केके हुने? नेपाली समाज कसरी बनेको छ, समाजवादमा पुग्न केके गर्नुपर्छ? नेपालको सांस्कृतिक विशेषताहरूलाई कसरी जीवित राख्ने भनेर उत्तर खोज्न जरुरी भएको पनि बताए।





