काठमाडौँ : सोमबार राति दिल्लीको यमुना नदीको जलस्तर २०६.०४ मिलिमिटर पुगेको छ । त्यसलगत्तै बाढी नियन्त्रण विभागले आज राजधानीमा वर्षाको लागि अलर्ट जारी गरेको छ।
बाढी नियन्त्रण विभागको पछिल्लो बुलेटिनलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले सोमबार राति दिल्लीको पुरानो रेलवे पुलमा यमुना नदीको पानीको स्तर २०६.४ मिलिमिटर रेकर्ड गरिएको जानकारी दिएको छ।
यमुनाको पानी बढेपछि तटवर्ती क्षेत्रका मानिसहरु नजिकैको उच्च स्थानमा जान थालेका छन्। छिमेकी राज्य हरियाणाबाट हथिनिकुण्ड ब्यारेजबाट निस्कने पानीका कारण यमुनाको पानीको सतह लगातार बढिरहेको छ।
सोमबार दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले पानीको सतह २०६ मिटरभन्दा माथि पुगेपछि मानिसहरूलाई अन्य ठाउँमा सारिन थाल्ने बताएका थिए।





