कक्रोच जनता पार्टीले प्रवक्ता विजेता दहियालाई पदबाट हटायो

२०८३ श्रावण ५, मंगलवार

काठमाडौं : कक्रोच जनता पार्टी (सीजेपी) ले आफ्ना प्रवक्ता विजेता दहियालाई पदबाट हटाएको घोषणा गरेको छ। सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा सीजेपीले दहियाको व्यवहारलाई ‘अत्यन्त असंवेदनशील’ भन्दै कडा शब्दमा आलोचना गरेको छ।

पार्टीले लेखेको छ, ‘शान्तिपूर्ण प्रदर्शनकारी र हाम्रो टोलीमाथि प्रहरीले क्रूर हिंसा गरिरहेको बेला उहाँले भिडियो सार्वजनिक गर्नुभयो। यस्तो व्यवहार स्वीकार्य छैन। यसले परिपक्वताको पूर्ण अभाव देखाउँछ र हाम्रो आन्दोलनका मूल्य तथा सिद्धान्तविपरीत छ।’

सीजेपीका अनुसार विजेता दहियालाई प्रवक्ताको पदसँगै पार्टीका सबै आधिकारिक जिम्मेवारीबाट पनि मुक्त गरिएको छ। यसअघि सामाजिक सञ्जालमा विजेता दहियाको भनिएको एउटा भिडियो व्यापक रूपमा सार्वजनिक भएको थियो। उक्त भिडियोमा उनी बर्गर खाँदै विभिन्न टिप्पणी गरिरहेको देखिन्छ।

भिडियोमा उनले भनेका छन्, ‘यो प्रदर्शन मेरो जागिर होइन। मलाई कसैले मतदान गरेर यहाँ पठाएको होइन। मेरो कसैप्रति कुनै जिम्मेवारी छैन। म बर्गर खान्छु।’यद्यपि, बीबीसीले उक्त भिडियोको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार