शितलनिवास अगाडि युवकद्वारा आत्मदाह प्रयास

२०८३ श्रावण ५, मंगलवार

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक जना युवकले शितलनिवास अगाडि आत्मदाह प्रयास गरेका छन्।

आत्मदाह गर्न खोज्ने रामेछापको दोरम्बा गाउँपालिका–१ का २७ वर्षीय विशाल तामाङ हुन् । ‘मंगलबार ‘आत्मदाह गर्छु’ भन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीले उनको साथबाट पेट्रोल बरामद गरेको छ। उनलाई शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएर काउन्सेलिङ गरेर छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।

पूर्वराजालाई भेट्न पाँच पटकसम्म प्रयास गरेको भए पनि भेट्न नपाएपछि आत्मदाह गर्न खोजेको उनले प्रहरीसँग बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार