काठमाडौँ : स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वालिङ नगरपालिका–६ आमडालीका ५५ वर्षीय विनोद अर्याल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका अर्यालको उपचारको क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
प्रहरीका अनुसार मंगलबार साँझ मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको से १ क ११८० नम्बरको ट्रकले सोही दिशातर्फ अघि बढिरहेको ग १८ प ६२१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि ट्रक चालक बैतडीको मेलौली नगरपालिका–२ का २४ वर्षीय निरज चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





