प्रधानमन्त्रीमाथि पानी छ्यापेपछि कोसोभोको संसद्‌‌मा कुटाकुट (हेर्नुहोस् भिडिओ)

२०८० असार २९, शुक्रबार

काठमाडौँ : कोसोभोको संसद्‌‌मा सांसदहरूबीच कुटाकुट भएको छ। प्रधानमन्त्री कुर्ती ओल्बन संसद्को पोडियममा बोलिरहेको बेलामा विपक्षी दलका एक सांसदले पानी छ्यापेपछि संसद्‌भित्रै कुटाकुट भएको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार उत्तरी क्षेत्र सर्ब बहुमतका अधिकारी र सत्तारुढ दलका एक सदस्यबीच भएको अडिओ रेकर्डिङको विषयलाई लिएर संसद्‌मा बहस भइरहेको छ।

सो बहसको क्रममा प्रधानमन्त्री कुर्ती बोलिरहँदा उनी र उपप्रधानमन्त्रीसमेतलाई पानी छ्यापेको भिडिओमा देख्न सकिन्छ। त्यसपछि सुरु भएको विवाद अन्य विपक्षी र गठबन्धनका सांसदहरू मञ्चमै पुग्दा झगडा फैलिएको थियो। उत्तरी कोसोभोमा अल्बेनियन मेयरहरूले पदभार ग्रहण गरेसँगै त्यहाँ विवाद बढेको छ। उत्तरी क्षेत्रका सर्बहरूले स्वायत्तताको लागि दशक पुरानो सम्झौताको कार्यान्वयनको माग गरिरहेको छ।

अल्बेनियालीहरूले कोसोभोको जनसंख्याको ९० प्रतिशत भाग ओगटेका छन् भने सर्बहरूले ५ प्रतिशत ओगटेका छन्। कोसोभोको विपक्षीले लामो समयदेखि पश्चिमा साझेदारहरू संयुक्त राज्य अमेरिका र युरोपेली संघसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको र उत्तरमा तनावलाई राष्ट्रवादी प्रधानमन्त्री अल्बिन कुर्तीले सम्हालेको आरोप लगाएको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार