मौद्रिक नीति पछि लगातार घट्यो शेयरबजार

२०८० श्रावण ९, मंगलवार

काठमाडौं । मौद्रिक नीतिपछि बढ्न नसकेको शेयर बजार आज पनि घटेको छ। आज शेयरबजार ३६.१९ अंकले घटेर २१६४.३१ मा आइपुगेको छ । घटेको बजारमा २ अर्ब ९१ करोड ७३ हजार चार सय अठार रुपैयाको ७७ लाख १६ हजार दुइ सय सतहत्तर मित्ता शेयरको कारोवार भएको छ । लगातार घटेको बजारमा सोल्टि होटलको शेयर सर्वाधिक खरिदबिक्रिको लिष्टमा परेको छ। कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई बैंक,कुमारी बैंक, नेपाल पुनर्बीमा, हिमालयन डिष्टलरी, एनआईसी एशिया, डाङी गुप्र र नबिल बैंकको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार