बढ्यो सुनको मूल्य

२०८० श्रावण १४, आईतवार

काठमाडौं : आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

शुक्रबार एक लाख १२ हजार ६ सयमा कारोबार भएको प्रतितोला सुन आज आइतबार ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजावी सुनको मूल्य पनि बढेर एक लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ । शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ५० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम भएको महासंघले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार