थाइल्याण्डमा पटाका गोदाममा विस्फोट हुँदा नौ जनाको मृत्यु, सयभन्दा बढी घाइते

२०८० श्रावण १४, आईतवार

काठमाडौं : दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी गोदाममा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । सुनगाई गोलोक नामक सहरमा विस्फोट भएको हो । स्थानीय अधिकारीहरूका अनुसार सुनगाई सहरको यस भवनमा वेल्डिङको काम चलिरहेको थियो, त्यही कारण विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरूले देखाइएका भिडियोहरूले क्षेत्रमा व्यापक क्षति भएको देखाएको छ। विस्फोटका कारण भवनमा आगलागी भएको र यसका कारण क्षेत्रका धेरै भवनमा क्षति पुगेको छ । विष्फोटका कारण गाडी, पसल र घरका झ्यालका सिसा फुटेका छन्, छाना उडेका छन् र पर्खालहरु भत्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार