बजार अनुगमनलाई तीव्रता दिने केन्द्रीय अनुगमन समितिको निर्णय

२०८० श्रावण १४, आईतवार

काठमाडौँ : केन्द्रीय अनुगमन समितिले बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले बजार अनुगमनलाई तीव्रता दिने निर्णय गरेको हो ।

भारतले चामलको निर्यातमा रोक लगाएपछि नेपाली बजारमा चामलको मूल्य बढेको बताइएको छ । समितिको बैठकले अनुगमनका क्रममा बिचौलियाको पहिचान गरी कारबाही गर्ने निर्णय गरेको छ । यस्तै बैठकले महामारीको रुपमा फैलिएको लम्की स्किन नियन्त्रण गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सचिवले जानकारी दिए । 

ती सचिवका अनुसार बजार अनुगमनमा कडाइ गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ । बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालसहित वाणिज्य, गृह र कृषि सचिवलगायतको सहभागी रहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार