काठमाडौं : मनसुन सुरू भएयताको बाढी–पहिरोबाट ३५ जनाको मृत्यु भएको छ। २७ जना बेपत्ता रहेको गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वातयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ। उसका अनुसार गत जेठ ३१ देखि साउन २० गतेसम्मको बाढी–पहिरोबाट ४५ जना घाइते भएका छन्। १ सय ११ घरहरूमा पूर्ण क्षति पुगेको छ भने १८८ घरमा आंशिक क्षति पुगेको छ।
बाढी–पहिरोबाट संखुवासभामा मात्रै १९ जना बेपत्ता छन्। उनीहरू जीवित भेटिन् सम्भावना न्यून रहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जानकारी दिएको छ। उनीहरूलाई मृतक सो सरहको राहत उपलब्ध गराउन जिल्ला दैवी प्रकोप उद्धार समितिले लेखिपठाएको सहायक प्रमु जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए। मृतक सरह मानिएका ती बेपत्ताका परिवारले प्रतिव्यक्ति २ लाख पाउने छन्। एकाघरबाट एकभन्दा बढी मृतकसरह भए थप एक लाख दिइने पनि उनले बताए।





