मत्स्यनारायण मन्दिरमा दर्शनार्थीको घुइचो

२०८० श्रावण २७, शनिबार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि-९ मच्छेगाउँमा मत्स्यनारायण मेला लागेको छ । सामान्यतया मलमासमा शुभकार्य हुँदैन तर मत्स्यनारायण मन्दिरमा मलमासभर एक महिना मेला लाग्दछ ।

यो मेलालाई पुरुषोत्तममास अर्थात् मलमास मेलाका रुपमा पनि लिने गरिन्छ । मलमासमै मेला लाग्नुका केही कथनहरू छन् ।कथनअनुसार मलमासलाई नराम्रो महिनाको रुपमा सोच्न थालिएकोले भगवान पुरुषोत्तमले यसै समयमा आएर उत्तम बनाएका थिए । त्यसैले मलमासमा पुरुषोत्तममासका रुपमा मेला लगाउने गरिएको हो ।

यो मेला हरेक पाँच वर्षमा दुईपटक वा तीन वर्षमा एक पटक लाग्ने गर्छ । मेला अवधिभर १५/२० लाख दर्शनार्थी आउने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार