९० वर्षीय बाबुको हत्या आरोपमा ६० वर्षीय छोरा पक्राउ

२०८० श्रावण २७, शनिबार

बारा : बारामा आफ्नै बुवाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१६, टाँगिया बस्तीका ६० वर्षीय दिलबहादुर घलान छन् ।

९० वर्षीय आइतसिंह घलानको हत्या आरोपमा उनका छोरा दिलबहादुरलाई शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

घरायसी विवादका क्रममा दिलबहादुरले कुटपिट गर्दा आइतसिंहको मृत्यु भएको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय निजगढबाट टोली खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार