परीक्षामा चिट चोर्दाचोर्दै समातिए देउवा

२०८० श्रावण २८, आईतवार

कैलाली : कैलालीको गौरीगंगा नगरपालिकाका पूर्वमेयर भीम देउवा स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै फेला परेपछि परीक्षा हलबाट निकालिएका छन् ।

आजदेखि सुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोर्दाचोर्दै पूर्वमेयर देउवा समातिएका थिए । त्यसपछि उनको परीक्षासमेत रद्द गरिएको छ । एमालेबाट मेयरमा निर्वाचित भएका देउवा खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो ।

जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरीरहेको अवस्थामा उनी समातिएको बताइएको छ । परीक्षा सुरु भएको १ घण्टा नहुँदै चिटसहित फेला परेका उनको आजको परीक्षा रद्द गरिएको छ । भोलिदेखि भने उनले परीक्षा दिन पाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार