काठमाडौं : प्रहरीले उदयपुरको कटारी नगरपालिका- ७ घर भई हाल नयाँ बानेश्वर बस्दै आएका २४ वर्षीय दिलीप राईलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
उनको साथबाट नेपाली एक हजार रुपैयाँको २१ र पाँच सय रुपैयाँको २१ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै क्याननको कलर प्रिन्टर र फोटोकपी मेसिन एकएक थान पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राईले नक्कली नोट छाप्ने र कारोबारसमेत गर्ने गरेको विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।