काठमाडौं : लद्दाखमा भारतीय सेनाको ट्रक भीरबाट खस्दा ९ जना सैनिकको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय सेनाका अधिकारीहरूले शनिबार लद्दाखको लेह जिल्लामा सेनाको गाडी सडकबाट चिप्लिएर भीरबाट खसेको बताएका छन्।
पीटीआईका अनुसार घटनामा कम्तीमा ९ जवानको मृत्यु भएको छ । अधिकारीहरूले भनेअनुसार दुर्घटना शनिबार साँझ दक्षिणी लद्दाखको न्योमाको केरीमा भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखको लेहमा भएको भारतीय सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।
उनले भने, “लेह नजिकै भएको दुर्घटनाबाट दुःखी छु, जसमा हामीले भारतीय सेनाका जवानहरू गुमायौं। उहाँहरूको देशप्रतिको अतुलनीय सेवा सदैव स्मरणीय रहनेछ । शोक सन्तप्त परिवारजनमा समवेदना । घाइतेहरुको छिट्टै निको होस् ।”
समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय सेनाका अधिकारीहरूले शनिबार लद्दाखको लेह जिल्लामा सेनाको गाडी सडकबाट चिप्लिएर खाल्डोमा खसेको बताए। एजेन्सीका अनुसार घटनामा ९ सैनिकको मृत्यु भएको छ भने एक सैनिक गम्भीर घाइते भएका छन् । अधिकारीहरूले भनेअनुसार दुर्घटना शनिबार साँझ दक्षिणी लद्दाखको न्योमाको केरीमा भएको थियो।





