बढ्यो सुनचाँदीको मूल्य

२०८० भाद्र ५, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । सोमबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १४ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार