काठमाडौं : आज सबै संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा निर्वाचन भएको ९ महिनापछि ९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि आज संसदीय समितिको बैठक बस्न लागेको हो ।
संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुने सम्भावना रहेको छ ।
जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने देखिएको हो ।
सत्तारुढ गठबन्धन र एमालेबीचको भागबन्डामा यो समिति जनमतले पाए पनि रास्वपाले पनि उम्मेदवारी दिए पछि सो समितिमा सम्भवतः निर्वाचन हुनेछ ।





