एमालेले ‘मै लाऊँ, मै खाऊँ’ जस्तो व्यवहार देखायो, अरूको वास्ता गरेन : सचेतक परियार

२०८० भाद्र १२, मंगलवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अन्य प्रतिपक्ष दलहरूलाई मतलब नै नगरी समिति सभापति लिएको गुनासो गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले ‘मै लाऊँ, मै खाऊँ’ भन्नेजस्तो व्यवहार देखाएको बताए । सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडेको उनको आरोप छ । उनले संसद्लाई प्रभावकारी र गतिशील बनाउन नभई संकुचन गराउने प्रयास भएको पनि बताए ।

उनले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भए पनि आफूहरूले नलिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार