पहिलो पटक एसिया कप खेलेको नेपाल पाकिस्तानसँग पराजित

२०८० भाद्र १३, बुधबार

काठमाडाैं : नेपाल एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग पराजित बनेको छ ।

बुधबार मुल्तान रंगशालामा भएको उद्घाटन खेलमा पहिलो पटक एसिया कप खेलेको नेपाली टोली पाकिस्तानसँग २३८ रनले पराजित बनेको हो । 

टस जितेर पाकिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतक प्रहार गरेका थिए ।

३४३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात नै खराब रह्यो । नेपालले  २३.४ ओभरमा अलआउट हुँदै जम्मा १०४ रन बनायो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार