दक्षिण अफ्रिकामा भीषण आगलागी हुँदा कम्तीमा ७४ जनाको मृत्यु

२०८० भाद्र १६, शनिबार

काठमाडौं : दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर जोहानेसबर्गमा रहेको एउटा पाँच तले भवनमा भीषण आगलागी हुँदा मृत्यु हुनेको संख्या बढेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो आगलागीमा हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ । यससँगै ४३ जना घाइते भएका छन् ।

जोहानेसबर्ग आपतकालीन व्यवस्थापन एकाइका प्रवक्ता रोबर्ट म्लाउड्जीले भनेका छन्, ‘अहिलेसम्म थाहा पाएका अनुसार यो आगलागी बिहान १ः३० बजे सुरु भएको हो। तर, अहिलेसम्म यसको कारणबारे जानकारी प्राप्त भएको छैन ।

नगरपालिकाका प्रवक्ता कोलिन माखुबेले उक्त भवनमा अवैध रुपमा मानिसहरु बस्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार