सिरहा : सिरहाकी मिटरब्याजी सुजाता साहलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ ।
न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजाता गत साउन २४ गते साँझ पक्राउ परेकी थिइन् ।
उनीमाथि रायसहित ९ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका छन् । सुजाता सिरहामा लामो समयदेखि मिटरब्याज धन्दा चलाउँदै आएको पीडितहरुको भनाइ छ ।