जनकपुरधाम : जनकपुरमा एक किशोरीको रहस्यमय मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १९ जमुनियाकी १८ वर्षीया सरस्वती यादवको रहस्यमय मृत्यु भएको हो ।
आज दिउँसो उनको शव प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए । कलमा पानी लिन जाँदा लडेर मृत्यु भएको भनेर किशोरीको आमाले बयान दिएकी छन् ।
तर स्थानीयबासिन्दाले भने सरस्वतीको राति नै रहस्यमय मृत्यु भएको बताएका छन् । घटना ढाकछोप गर्ने प्रयास भइरहेको प्रहरीले खबर पाएपछि शव नियन्त्रणमा लिएको हो । एक छिमेकका अनुसार सरस्वतीलाई अनावश्यक औषधि खुवाइएपछि रक्तश्राव भएर राति नै घरमा मृत्यु भएको थियो ।
घटना के कसरी भएको हो भन्ने विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने डीएसपी गौतमले बताए ।