जुत्तामा कोहलीको अटोग्राफ लिँदै सोमपालले भने: उनी क्रिकेटर मात्रै होइनन्, भावना पनि हुन्

२०८० भाद्र १९, मंगलवार

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका फास्ट बलर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन्। जुत्तामा कोहलीको अटोग्राफ लिएको तस्बिर सामाजिक सञ्जालमा राख्दै सोमपालले कोहली एक क्रिकेटर मात्रै नभएको बताएका छन्।

सोमपालले कोहलीसँगको तस्बिर राख्दै लेखेका छन्, ‘कोहली क्रिकेटर मात्रै होइनन्, उनी भावना हुन्।’ कोहलीको अटोग्राफ (हस्ताक्षर) भएको जुत्तासहितको तस्बिर सोमपालले सार्वजनिक गरेका छन्।

सोमबार एसिया कप क्रिकेटरमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। जहाँ नेपाल १० विकेटले पराजित भयो। सोमपाल भने अर्धसतक बनाउन २ रनले चुकेका थिए।

यसअघि एसिया कपमा भारतसँग प्रतिस्पर्धा गर्ने निश्चित भएपछि प्रतिक्रिया दिँदै सोमपालले भनेका थिए, ‘कोहलीको विकेट लिन्छु/लिँदिन थाहा छैन, तर एउटा फोटो खिच्न मन छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार