काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री र काठमाडौंका मेयर बालेन शाहको अभिव्यक्तिले अराजकता फैलाइरहेको टिप्पणी गरेका छन्। नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अराजकताले देश नचल्ने बताए।
उनले भने, ‘दुईदिन अघि काठमाडौंको मेयरले बोल्नुभयो देशको सबैभन्दा ठूलो महानगरको मेयरले त्यो अराजक किसिमले बोल्न हुँदैन। देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट दिएपछि जातीय पहिचानको राज्य बनाइदिन्छौ भन्न मिल्दैन यसरी देश चल्दैन।’





